मध्यपहाडी लोकमार्गको निर्माण कार्य सुरु !



सुमन सुनार, बुर्तिबाङ
बडीगाड खोलाको बाढीले तुरतुरेताल फुटेर गत सोमबार देखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग खुलाउनका लागि आज देखि पुनः नियमित काम सुचारु हुने भएको छ ।
तस्वीर महोन बस्नेत
विगत ४ दिन देखि अवरुद्ध सडक खुलाउने काम बुधबार देखि सुरु गरिए पनि निर्माणको दायित्व मध्यपहाडी लोकमार्ग वा स्थानिय सरकार कसले लिने भन्ने विषय टुंगो नलाग्दा काम रोकिएको थियो ।विहिबार मध्यपहाडी राजमार्ग योजना कार्यालय कुस्मा पर्वतका प्रमुख आशिष थापामगरको उपस्थितिमा ढोरपाटन नगरपालिका नगर प्रमुख देव कुमार नेपाली सहित अन्य जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, स्थानिय समाजसेवी बुद्धिजीवीहरुको विशेष छलफलले शुक्रबार अर्थात आज देखि बाटो खुलाउने काम सुचारु गर्ने निस्कर्ष निकालेको हो । ढोरपाटन नगरपालिका नगर कार्यपालिका कार्यालयमा उक्त छलफल भएको थियो ।
तस्वीर महोन बस्नेत
सो छलफल पछि बोल्दै मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुख थापाले अवरुद्ध बाटो जतिसक्दो छिटो खुलाउने प्रसाय भैरहेको बताए । उनले बाटो खुलाउने जिम्मेबारी पाएको कम्पनीसंग भएको समझदारी र कम्पनीले गरेको प्रतिबद्धता अनुसार काम भए यहि भदौ ५ गते भित्र अवरुद्ध बाटो खुल्ने बताए । बाटो अवरुद्ध भएपछि बाटो खुलाउनका लागि ईन्जीनियरहरु सहित फिल्ड कमाण्ड टोली निरन्तर खटिए पनि आफ्नै उपस्थितिमा थप सहजीकरण गर्नुपर्छ भन्ने उद्देश्यले आफु स्थलगत रुपमै उपस्थित भएको थापाको भनाई थियो ।यस्तै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले यस क्षेत्रको जनताको समस्यालाई मध्यनजर गर्दै जतिसक्दो छिटो अवरुद्ध बाटो खुलाउन निर्देशन दिएको र जनताले छिटो भन्दा छिटो राहत सुविधा पाउने बताए । कामको दायित्व कसले लिने भन्ने विषय नमिल्दा काम रोकिएको थियो, नगर प्रमुख नेपालीले भने मध्यपहाडी लोकमार्गको टोली आएर दायित्व लिएपछि काम निरन्तर अघि बढ्ने समझदारी भएको छ । भदौ ५ गते भित्र बाटो खुलाउने प्रतिबद्धता जनाएको कम्पनीले समयमै काम सक्ने अपेक्षा गरेको नगर प्रमुख नेपालीले बताए ।
तस्वीर महोन बस्नेत
बाटो खुलाउने जिम्मा भने एसी कन्ट्रक्सन बुर्तिबाङलाई दिइएको छ । १० दिन भित्र बाटो खुलाउने काम सक्ने लक्ष रहेको एसी कन्ट्रक्सन बुर्तिबाङका प्रमुख दिपक अदैले जानकारी दिए ।
गत २०७५ भदौ ३० गते ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकाको सीमानामा पर्ने तुरतुरे देउरालीमा गएको भीषण पहिरोले बडीगाड खोला थुनिदा करिब एक सय मिटर गहिरो र एक किलोमिटरभन्दा लामो ताल बनेको थियो । उक्त तुरतुरे ताल फुटेसँगै सोमबार लोकमार्गको करिब दुई सय मिटर सडक बगाएको थियो । सडक अवरुद्धपछि बुर्तिवाङबाट बागलुङ, पोखरा, काठमाडौं, पाल्पा, बुटवल लगायतका स्थानमा छुट्ने सवारी साधन बुर्तिवाङमै रोकिएका छन्  भने ती ठाउँबाट बुर्तिबाङ आउने सवारी साधन बडीगाड गाउँपालिकाको भीमगिठेमा रोकिएका छन् । भिमगिठे देखी भने बागलुङ, पोखरा, काठमाडौ, बुटवल सम्म यातायात सेवा सञ्चालन भैरहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता