बुबा आमाको सम्झनामा पुर्व विद्यार्थी सुनिता खड्का द्वारा दस हजार सहयोग

माघ १२ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -८ दघास घर भई हाल कपिलवस्तु गोरुसिङे बसोबास गर्दै आएकी सुनिता खड्काले विद्यालयलाई आर्थिक सहयोग गरेकी छन् । पुर्व विद्यार्थी खड्काले स्वर्गीय बुवा प्रेम बहादुर खड्का र आमा उमाकुमारी खड्काको सम्झनामा विद्यालयलाई १० हजार १५ रुपैयाँ सहयोग प्रदान गरेकी छन । विद्यालयले शैक्षिक सुधारको लागि “ दीर्घकालीन अक्षयकोष´´ स्थापना गर्ने अभियानमा राम्रो लागेर बुवा आमाको सम्झनामा आफू सक्दो विद्यालयलाई सहयोग गरेको उनको भनाइ छ । साथै उनी “थानपती निमावि कल्याणकारी कोष´´को ७३ “औं संस्थापक सदस्य बनेकी छन् । ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।