बुटवल बाट सुरु भयो ने.वि संघको १२ बर्ष पछी संगठन बिस्तार महाअभियान



राम भण्डारी ,बुटवल
नेपाल विद्यार्थी संघ पुन जुर्मुर्याएको छ । नेपालको पुरानो विद्यार्थीको छाता संगठन नेबी संघमा धेरै विद्यार्थीको आकर्षण पनि बढ्दो छ । बुटवल उप (महानगरपालिका भित्र पर्ने माबी तथा क्याम्पसमा संगठन बिभागको संयोजक सुरज क्षेत्रीले पाए लगतै नेबी संघ नबिन औधोगिक कदर बहादुर रिता माबिमा आज संगठन बिस्तार अभियान सम्पन्न गरिएको हो ।
हिमाल पोख्रेल सभापति रहेको इकाईमा ३५ सदस्यिय समिती चयन गरिएको छ । नेबी संघ निबर्तमान केन्द्रिय सदस्य टंक पाण्डेको प्रमुख आतिथ्यता र बुटवल उपमहानगर विद्यार्थी संघका संयोजक सुरज क्षेत्रीको अध्यक्षतामा संगठन बिस्तार अभियान सम्पन्न भएको हो ।उक्त कार्यक्रममा प्रमुख अतिथी पाण्डेले – ‘आजको दिन नेबी संघको लागि एतिहासिक दिन भएको बताएका थिए ‘। १२ बर्षपछी नेबी संघ संगठन बिस्तारको अभियानमा जुटिरहेको बेला नेबी संघलाई थप ससक्त र लोकप्रिय बनाउनमा नयाँ पिढिको हात उल्लेख्निय रहेको बताएका थिए । त्यस्तै कार्यक्रमका अध्यक्ष एबम संयोजक सुरज क्षेत्रीले विद्यार्थीहरु माझ नेबी संघको भाबी योजना र बिगतलाई स्मरण गराएका थिए । उनले विद्यार्थी जीवनमा आइपर्ने समस्या र विद्यार्थीहरुले शैक्षिक संथा बाट पाएको दुस्खलाई समाधान गर्ने गरी नेबी संघको बिस्तारमा जुटेको स्पस्ट परेका थिए ।

कार्यक्रममा आतिथीहरु उप (महानगर संयोजक एबम विद्यार्थी नेता डिआर कंडेल विद्यार्थी नेताहरु ओमहरी आचार्य , ॠषि पन्थी , अशोक गौतम ,जगदिस पंगेनी ,सिद्धार्थ श्रेष्ठ , सुनिल कुँवर , श्रीधर बस्याल , अबिरल तिवारी , किसोर खनाल , धुर्ब पोख्रेल लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन तिलक रानाको रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता