बिरामी अस्पताल नआईकन जबर्जस्ती रेफर गर्न दबाब दिने गरेको गुल्मी अस्पतालको गुनासो !



भदौ -२७ गुल्मी ।

गुल्मीको सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालले सेवा प्रवाहमा अनावश्यक दबाब दिएको भन्दै आइतबार विज्ञप्ति सार्वजनिक गरेको छ ।

अस्पतालमा स्वास्थ्य बिमा लागु भए संगै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनावश्यक छानबिन गर्न लगाउने,रेफर गर्न लगाउने तथा बिरामी अस्पतालमा नआई रेफर गर्न दबाब दिने जस्ता प्रवृत्ति बढेको भन्दै त्यसो नगर्न सर्व साधारणलाई अनुरोध गरेको छ ।
साथै विज्ञप्तिमा भनिएको छ । “अनावश्यक दबाब दिएमा बिमा नविकरण नहुने तथा सुविधा नमिल्ने र प्रचलित कानुन अनुसार सजाय हुन सक्ने भन्दै सर्वसाधारण र सरोकारवालालाई सचेत गराएको छ ” ।
बिरामीको उपस्थितमा मात्रै रेफर गर्ने नगर्ने निर्णय सर्वाधिकार चिकित्सक तथा स्वास्थ्य कर्मीको हातमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गुल्मी अस्पतालले जारी गरेको विज्ञप्ति

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता