निर्वाचन आयोग र गुल्मीका सञ्चारकर्मी बिच निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम



बैशाख- १८ अनिल खत्री गुल्मी ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लामा रहेका सञ्चारकर्मी र निर्वाचन कार्यालय बिच आचारसंहिता विषयक अन्तरक्रिया गरिएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजना र नेपाल पत्रकार महासंघ गुल्मी र दलित महिला संघ गुल्मीको समन्वयमा आचारसंहिता विषयक अन्तक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत माया कुँवरले सञ्चार आम नागरिक र माध्यमहरुले पालना गर्नुपर्ने आचारसंहिता विषयमा जानकारी गराएकी थिइन् । कार्यक्रममा जिल्ला स्थित सञ्चारकर्मीहरुले आचारसंहिताको विषयमा असपष्टता भएका विषयमा जिज्ञासा राखेका थिए ।
एफएम रेडियोमा उम्मेदवारहरुका सूचना प्रसारण गर्दा कसरी प्रसारण गर्ने भन्ने जस्ता विषयमा प्रश्न गरेका थिए ।

सञ्चारकर्मीहरुले जिल्ला भर हुने निर्वाचन लक्षित सूचनाहरु छिटो छरितो र एकै ठाउँबाट पाउने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले पत्रकारहरु राखेका जिज्ञासाहरुको बारेमा जानकारी गराएका थिए । उनले मिडिया र पत्रकारहरु साझा भएकाले त्यहि अनुसार आफनो व्यवहार प्रस्तुत भएर निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।
उनले कुनै व्यक्ति बिशेषको पक्ष लिएजस्तो गरेर समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीहरुलाई सुल्झाए।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता