धुर्कोट गाउँपालिकाले एक दिने एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने



कात्तीक -२४ गुल्मी ।

धुर्कोट गाउँपालिकाले एक दिने एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ । नागरिकहरुलाई घरदैलो बाट प्रत्यक्ष रूपमा उपस्थित भई विभिन्न सेवा सुविधा उपलब्ध गराउने उदेश्यले घुम्ती शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
कात्तिक ३० गते गाउँपालिकाको वडा नम्बर एक नयाँ गाउँस्थित नयाँगाउँ स्वास्थ्य चौकीमा सञ्चालीत शिविर बाट ६ प्रकारका सेवा सुविधा उपलब्ध गराउने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर थापाले बताउनु भयो ।

घुम्ति शिविरमा भिडियो एक्सरे सहितको नि शुल्क स्वास्थ शिविर र औसधि वितरण , जेष्ठ नागरिक परिचय पत्र वितरण , अपांग परिचय पत्र वितरण ,व्यवसाय दर्ता तथा नविकरण, गाई ,भैसि र बाख्राको गोबर परिक्षण तथा बैकबाट नयाँ खाता खोल्ने सेवा प्रदान गरिने छ ।
नागरिकको माग तथा आवश्यककतालाई मध्यनजर गर्दै घुम्ती शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । जुन शिविर बाट नागरिकले अधिकित्तम सेवा सुविधालिने अपेक्षा गाउँपालिकाले राखेको अध्यक्ष पोख्रेलले उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता