धुर्कोट गाउँपालिकाको वाग्ला खरका छाना मुक्त वडा घोषणा



गुल्मी -असार २ ।

धुर्कोट गाउँपालिकाको वडा नम्वर सात वाग्ला खरका छाना मुक्त वडा घोषणा भएको छ ।
मगलबार गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक कार्याक्रमका बिच वडालाई खरका छाना मुक्त वडा घोषणा गरेका हुन ।
सो वडाका दुई सय २ घरलाई विभिन्न निकाय बाट जस्ता पाता प्रदान गरीएको थियो । जसअन्र्तगत गाउँपालिकाले एक सय ४३ घरधुरी,सुरक्षीत नागरीक आवास कार्यक्रम मार्फत २८, जनता आवास कार्यक्रम मार्फत १३, एकिकृती नमुना वस्ती अन्र्तगत १८ गरी दुई सय २ घरधुरीले जस्ता पाता पाएका थिए ।

गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गर्ने चुनावी प्रतिबद्धता थियो भने निवार्चीत भैइसकेपछिको पहिलो बैठकले पनि खरका छाना मुक्त गाउँपालिका घोषणा गर्ने निर्णय गरेको थियो ।
आफुहरुको योजना यसै वर्ष सफल हुने अध्यक्ष भुपाल पोख्रेलले बताए । त्यस्तै अहिले सम्म गाउँपालिकाका वडा नम्वर १,२,४ र ६  नम्वर वडा खरका छाना मुक्त वडा घोषणा भैसकेको उपाध्यक्ष शिव केसीले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थी , वडा अध्यक्ष हिम प्रसाद पन्थी , जनप्रतिनिधि स्थानीय लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता