धुर्कोटमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविरको सुरु



गुल्मी, २९ जेठ ।

धुर्कोट गाउँपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविरको सुरुवात भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको समन्वय र धुर्कोट गाउँपालिकाको आयोजनामा शुक्रबारबाट दर्ता शिविर सुरु भएको हो । पहिलो चरणमा वडा नं. ४ जैसिथोक, वडा नं. ५ वस्तु र वडा नं. ६ धुर्कोट रजस्थलमा शिविर संचालन गरिएको छ ।

नागरिकलाई घरदैलौ नजिक सेवा प्रदान गर्ने उद्देश्यले शिविर संचालन गरिएको हो । शिविरमा व्यक्तिगत घटना दर्ता अन्तर्गत जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराईको छुट भएको दर्ता तथा उमेर पुगेर समेत सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएका लाभग्राहरुको दर्ता गरिनेछ ।

शिविर आगामी असार असार १६ गते सम्म संचालन हुनेछ । शिविरको दोस्रो चरणमा वडा नं. १ नयाँगाउँ, वडा नम्बर २ पिपलधारा, वडा नम्बर ३ हाडहाडे एवम् तेस्रो चरणमा वडा नम्बर ७ वाग्लामा संचालन गर्ने तयारी रहेको गाउँपालिकाका एम्आइएस् कम्युटर अपरेटर झविन्द्र भण्डारीले जानकारी दिए । धुर्कोट गाउँपालिकाले २०७७ साल पौष १ गते देखि घटना दर्ता अनलाईन गर्नुको साथै सामाजिक सुरक्षा समेत बैँकिङ्ग प्रणालीबाट वितरण गर्दै आइरहेको भण्डारीले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता