दुर्घटना प्रती दुःख व्यक्त गर्दै, वडा कार्यलय द्वारा शोक वक्तव्य !!



 

डिबि खडका ,मङ्सिर १८ गुल्मी ।

बाग्लुङको बडिगाड गाउँ पालिका वडा नम्बर सात भिमगिठेमा भएको जिप दुर्घटना प्रती वडा कार्यालयले  दुःख व्यक्त गरेको छ ।

बुधबार शोक वक्तव्य जारी गर्दै वडा कार्यालयले दुर्घटनाले ” हामी सम्पुर्ण वडा बासी सङै सिङो समुदायलाई स्तब्ध बनाएको छ ” ।
वडा अध्यक्ष कृष्ण गुरुङ र सचीव नरविर पर्तेलले हस्ताक्षर गरिएको शोक वक्तव्यमा लेखिएको छ । “यस दुर्घटना मा ज्यान गुमाउनुहुने मृतक हरु साथै उपचारको क्रममा रहनु भएका घाईतेहरु प्रती सिङो बडिगाड गाउँ पालिका वडा नम्बर सात लाई ममार्हत र दुखी बनाएको छ । यस दुख को घडिमा मृतक हरु प्रती भाव पुर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवार र आफन्तमा हार्दिक समवेदना व्यक्त गर्दछौ साथै घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ “।

 

वडा अध्यक्ष कृष्ण गुरुङ र सचीव नरविर पर्तेलले हस्ताक्षर गरिएको शोक वक्तव्य

 

हिजो बागलुङको बडिगाड गाउँपालिका ७, घोपर्नामा जिप दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो । गुल्मीको इस्मा गाउँ पालिका वडा नम्वर चार दोहोली बाट छुटेको ग १ ज ५२१९ नम्बरको जिप दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता