तम्घासमा सुरुवात भयो अंगुर खेती !



अनिल खत्री-१० भदौ, गुल्मी ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा पहिलो पटक अंगुर खेतीको परिक्षण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– ८ खानिगाउँमा ३ वर्ष अगाडी परिक्षणका लागि लगाएको अंगुरमा फल लागेको हो ।
खानिगाउँ निवासी प्रकाश भलामीले अंगुर खेतीको परिक्षण गर्नुभएको हो । ३ वर्ष पहिले भैरहवाबाट चिनी जातको अंगुरका बिरुवा ल्याए टनेलमा लगाइएको अंगुरमा अहिले फल्न थालेको छ ।
गुल्मी जिल्ला र सदरमुकाम तम्घासमा खेती गर्न सकिने उहाँले बताउनु भयो । कृषक भलामीका अनुसार स्वाद पनि गुलियो र झुप्पामा अंगुर लटरम्भ फलेको छ । अंगुरका बिरुवा टनेर भित्र र बाहिर फरक फरक ठाउँमा लगाएर परिक्षण गरेको उहाँको भनाई छ ।

खुल्ला ठाउँमा लगाइएका भन्दा टनेल भित्र राम्रो फलेको भलामीले बताउनु भयो । भलामीले पहिलो पटक ५० किलो अंगुर उत्पादन गरेको बताउनु भयो ।
अंगुर खेती गुल्मी जिल्लाको लागि नौलो व्यवसाय पनि हो । गाउँघरमा केहि एक दुइवटा बोट लगाए पनि धेरै परिमाणमा भने अंगुर खेती गरेको पाइदैन् ।

बजारमा विदेशबाट ल्याएको र विषादी राखेको अंगुरको तुलनामा तम्घासमा उत्पादन भएको अंगुर फरक खालको स्वादिलो र स्वस्थकर हुने भलामीको भनाई छ । अंगुरका बिरुवा खोज्नेहरु समेत बढीरहेकाले बिरुवा बिक्री उत्पादन गरेर बेच्ने सोच बनाएको उहाँले बताउनु भयो ।
हिउँदको समयमा बिरुवा तयार गरेर वर्षा याममा जेठदेखि असार महिनाभित्र अंगुरको बिरुवा रोप्न सकिन्छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता