जय कोटेश्वर समुह द्वारा आयोजित अनलाईन तिजगित प्रतियोगितामा ४५ प्रतियोगी सहभागी



सुरज भट्टराई भदौ १४ गुल्मी ।

जयजय कोटेश्वर समुह मुसिकोट नगरपालिका ५ आपॅंचौर गुल्मी ले आयोजना गरेको अनलाईन तिज गित रेकर्ड डान्स प्रतियोगितामा अहिलेसम्म ४५ प्रतियोगि सहभागि भएका छन् । हिन्दु नेपालि महिलाहरूको महान पर्व हरितालिका तिज को अबसरमा जय जय केटेश्वर समुह मुसिकोट नगरपालिका ५ आपॅंचौर गुल्मीले मुसिकोट नगरपालिका ५ आपॅंचौरमा भएका पर्यटकिय स्थल कोटेश्वर मन्दिर , चन्डेश्वर सिवालाय मन्दिर , शिद्देश्वर गुफा मन्दिर र राधाकिष्न मन्दिर को प्रचारप्रसारका लागि अनलाईन तिज गित रेकर्डडान्स प्रतियोगिता आयोजना गरेको हो । भिडियो पठाऊन १६ गते बेलुका ९ बजेसम्म सकिने आयोजकले जानकारी दिएको छ ।
पछिल्लो समय मुसिकोट नगरपालिका ५ आपॅंचौर मा जन्मभई देशका बिभिन्न ठाऊमा छरिएर रहेका युवाहरू तुलाराम तिवारी ( राजा ) , लभ्ली किरण खरेल , सन्दिप खरेल , बिनोद अर्याल , डिल्लीराज अर्याल , किरण खरेल ,सुरज भट्टराई , ओम सेन्चुरी , महेन्द्र कौशल आदि एकदर्जन युवाहरू कफिको जननी स्थल आपॅंचौरमा धेरैभन्दा धेरै पर्यटक भित्रयाऊने गरि आपॅंचौरका पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा तिब्र रूपले लागि परेका छन । यसभन्दा अगाडि कोटेश्वर मन्दिरको डकुमेन्ट्रि निर्माण , मन्दिरकै नाऊमा भजन तथा भिडियो निर्माण , भजनमा टिकटक प्रतियोगिता आयोजना गरि पुरस्कार बितरण , धार्मिक अनुस्ठान तथा भन्डारा कार्यक्रम ,गाएक तथा पत्रकार सम्मान आदि पवित्र कार्यहरू उक्त समुहले सम्पन्न गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता