जनतालाई ढाटेर चुनाव जित्ने दिन गए: नेतृ झाँक्री



कात्तिक १४ गुल्मी ।
गुल्मी २ मा गठबन्धनकी साझा उम्मेदवार बनेकी रामकुमारी झाँक्रीले अब जनतालाई ढाटेर छलेर चुनाव जित्ने दिन गएको बताएकी छन । आज मुसिकोट नगरपालिका -५ आपचौरमा भएको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । विगत लामो समय सम्म विकासका नाममा जनतालाई छलेर ,ढाटेर चुनाव जित्ने परिपाटी भए पनि यसको अब अन्त्य हुने बताएकी छन ।
मुसिकोट नगरपालिकाले यसको नयाँ सन्देश दिनु पर्ने धारणा व्यक्त गर्दै ढाट्ने छल्नेलाई मत नदिन अनुरोध गर्दै उनले काम गर्नेलाई मत दिन आग्रह गरेकी छन् ।
आफू मन्त्री हुँदा मुसिकोट नगरपालिकामा ५० करोडका योजना अगाडि बढाएको जानकारी गराउदै केही योजना राजनीतिक प्रतिशोधका कारण सफल हुन नसके पनि केही योजना सफल हुन लागेको उनले उल्लेख गरिन ।
साथै मुसिकोट नगरपालिकाको आर्थिक गतिविधि चलायमान बनाउनको लागि आर्थिक क्रियाकलापका गतिविधि अगाडि बढाउने , कृषि उपजको बजारीकरण गर्ने , योजनाको वर्गीकरण गरेर काम गर्ने झाँक्रीले बताईन ।

त्यस्तै बसाइँसराइ रोक्न,जनताको जिवन सहज र सरल बनाउनको लागि पहिला सञ्चालनमा आएका तर विविध कारणले अहिले सेवा बन्द भएका विभिन्न सेवामुलक संघ संस्थालाई पुनः सञ्चालनमा ल्याउन पहल गर्ने उल्लेख गरिन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता