छत्रकोट गाउँपालिका पाँचमा वडा कार्यालयको शिलान्यस, तीनमा उद्धघाटन



माघ १५ -गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर पाँचको वडा कार्यालय शिलान्यस गरिएको छ । विहिबार वडा नम्वर पाँचको मानकोटमा गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले एक कार्यक्रमका बिच वडा कार्यालयको शिलान्यस गरे ।

शिलान्यस गदै अध्यक्ष पन्तले भने  ‘‘ उचित स्थानमा वडाका सबै नागरीकलाइ मध्येनजर गदैं वडा कार्यालयको शिलान्यस गरिएको छ । समयमै वडा कार्यालय सम्पन्न गरी  सेवा प्रवाहमा सहजता ल्याउने उल्लेख गरे “। त्यस्तै वडा अध्यक्ष कृष्ण पन्तले समयमै वडा कार्यालयको भवन निमार्ण गरी जननतालाई आफ्नै कार्यालय बाट सेवा प्रदान गर्ने बताए ।

यहीं आर्थीक वर्षमा वडा कार्यालयको भवन निमार्ण सम्पन्न गर्ने लक्ष्य लिएको छ । भने भवन निमार्णको लागी गाउँपालिकाले ५४ लाख ७३ हजार रकम समेत विनियोजन गरेको छ ।

 

 

वडा नम्वर तीनमा वडा कार्यालयको उद्धघाटन  ।

विहिबार छत्रकोट गाउँपालिका वडा नम्वर तीनको वडा कार्यालय उद्धघाटन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले एक कार्यक्रमका बिच वडा कार्यालयको उद्धघाटन गरेका हुन । गत वर्षको मंसिर देखी निमार्ण सुरु गरिएको यस वडा कार्यालय माघमा निमार्ण सम्पन्न भएको हो ।
वडा कार्यालय निमार्णको लागी गाउँपालिकाले ४० लाख रकम विनियोजन समेत गरेको थियो । वडा कार्यालय उद्धघाटन संगै ६० वर्ष पछी वडाले प्रदान गर्ने सबै सेवा सुविधा एउटै छानमुनी बाट वडा बासीले पाउने छन् ।
त्यस्तै यता गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि समेत रहेका पन्तले व्यवस्थीत तरीकाले र समयमै वडा कार्यालय निमार्ण सम्पन्न गरेको भन्दै सबैलाइ धन्यबाद समेत ज्ञापन गरे ।
उद्धघाटन कार्यक्रममा उपाध्यक्ष नर्मदा भण्डारी, बाबुराम अर्यालले मतव्य राख्दै वडा कार्यालय सञ्चालनमा आए संगै सेवा प्रवाहमा सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता