गुल्मीमा १३ वर्षीय बालकले ट्र्याक्टर चलाउन खोज्दा दुर्घटना



१५ कार्तिक, गुल्मी । गुल्मीमा १३ वर्षीय बालकले ट्र्याक्टर चलाउन खोज्दा दुर्घटना भएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित पुतली बजारमा रोकिराखेको लु ४ त ८७७२ नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उक्त ट्र्याक्टर धुर्कोट गाउँपालिका-१ नयाँ गाउँका १३ वर्षीय बालक सुमन रानाले चलाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी सुचना अधिकारी पुरुत्तम पाण्डेले बताए । बिना चाबि नै बालकले विभिन्न प्रविधि मिलाएर ट्र्याक्टर स्टार्ट गरेर चलाएको बताइएको छ ।

केही समय अघि पनि सुमन रानाले धुर्कोटमा जिप चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षेती नभए पनि एक वटा मोटरसाइकल र पसलमा क्षती पुगेको छ । ट्र्याक्टर चलाउने बालक र ट्र्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको गुल्मी प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता