गुल्मीमा मृत फेला परेका पुरुषको छातिमा भरुवा बन्दुकमा लाग्ने चार वटा छर्रा हानेको पुष्टि !



माघ ४ गुल्मी ।

गुल्मीमा मृत अवस्थामा फेला परेका पुरुषको हत्या गरिएको आशंका गरिएको छ ।

शनिबार रेसुङ्गा नगरपालिका – १४ रातमाटाका अन्दाजी ४५ वर्षीय तुल बहादुर विक छिमेकी स्थानीय तह गुल्मी दरबार गाउँपालिका _१ कोको अरेवा खोला नजिकै मृत फेला परेका थिए ।

घटना रहस्यमय देखिएपछि प्रहरीले अनुसन्धानलाई कडा बनाएको थियो । आइतबार शवको गुल्मी अस्पतालमा पोस्ट मार्टम गर्दा छातिमा भरुवा बन्दुकमा लाग्ने चार वटा छर्रा हानेको देखिएको गुल्मी प्रहरीले जनाएको छ ।

शनिबार बिहान करिब ११ बजे तिर घरबाट घास काट्न हिडेका विक अबेरसम्म नफर्किएपछि प्रहरी र स्थानीयले खोज्ने क्रममा रहस्यमय अवस्थामा मृत फेला परेका थिए ।

यो पनि पढौं ।

गुल्मीमा एक पुरुष मृत फेला, गोली हानिएको हुनसक्ने शंका !

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता