गुल्मीमा मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि !



भाद्र १,गुल्मी ।

गुल्मीमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १ एक सय २३ जनामा गरिएको परिक्षणमा १२ जना पुरुष र १५ जना महिला गरि २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।

संक्रमित हुनेमा सबैभन्दा धेरै जिल्लाको सत्यवती गाउँपालिका १० जना,धुर्कोट गाउँपालिका ८ जना र चन्द्रकोट गाउँपालिका ३ जनामा कोरोना पुष्टि भएको छ। यस्तै रेसुङ्गा नगरपालिकामा ३ जना,मुसिकोट नगरपालिकामा २ जना र गुल्मीदरबार गाउँपालिकामा १ जनागरि २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमित संख्या ६ सय ३८ पुगेको छ।

गुल्मीमा अहिले सम्म कुल ४ हजार ७ सय २५ जनाले कोरोना जितेका छन्। भने गुल्मीमा दोश्रो लहरका कारण ९५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता