गुल्मीमा फेरी असार २२ गतेसम्म निषेधाज्ञा थपियो,( के खुल्छ के खुल्दैन हेर्नुहोस)



गोकर्ण पाण्डे गुल्मी।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि असार २२ गते राती १२ बजे सम्म लम्बाउने निर्णय गरेको  छ।
समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएको छ। यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ।

निषेधाज्ञा समय अबधि व्युटिपार्लर र सैलुन बहेकका सम्पूर्ण पसल बिहान ७ बजे देखि दिउँसो १ बजे सम्म खेल्न पाइने भएको छ।त्यस्तै जिल्ला भित्र निर्माण सामाग्री बोक्ने जिप,टिपर,ट्याक्टर र पुस्तक तथा कृषि जन्य पदार्थ सुरक्षा सामधानी अपनाएर चल्न पाउने भएका छन्। बैक तथा सहकारी सस्था बिमा कम्पनी बिहान १० बजे देखि ३ बजे सम्म कार्यालय बाट मात्र सेवा दिने गरि सुरक्षा साबधानी अपनाएर खोल्न पाउने भएका छन्।

जिल्ला बाहिरबाट निर्माण,पुस्तक,कृषि जन्य पदार्थ तथा खाध्यान्न ढुवानी गर्दा सम्बन्धित जिल्लाका नियम प्रबन्ध मिलाएर सञ्चालन गर्ने।
यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन् । सार्वजनिक यातायात भने बन्द रहने छन्।निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।
यस अघि थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजे सकिदै छ।
हाल गुल्मीमा कोरोना सकृय संक्रमितको संख्या ३ सय ६६ पुगेको छ।भने दोस्रो कोरोना लहर का कारण गुल्मीमा ९० जना ले ज्यान गुमाएका छन्।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता