गुल्मीमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा काेराेना संक्रमण पुष्टि,५६ जना काेराेना संक्रमण मुक्त



गोकर्ण पाण्डे–

२० भदाै, गुल्मी । गुल्मीमा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा ६८ जना र पिसिआर परिक्षण गर्दा ५ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।

जिल्लाकाे रुरुक्षेत्र गाउँपालिकामा ३८ जना, इस्मा गाउँपालिकामा २४ जना, गुल्मीदरबार गाउँपालिकामा ३ जना, धुर्कोट गाउँपालिकामा ३ जना, छत्रकाेट गाउँपालिकामा २ जना,चन्द्रकोट गाउँपालिकामा १ जना, रेसुङा नगरपालिकामा १ जना,सत्यवति गाउँपालिकामा १ जना,चन्द्रकोट गाउँपालिकामा १ जना गरि ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या २९७ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५६ जना काेराेना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल पाँच हजार पाँच सय ४५ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

गुल्मीमा दोस्रो काेराेना लहरका कारण गुल्मीमा ९६ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता