गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि !



गोकर्ण पाण्डे, साउन -१७ गुल्मी।

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पिसिआर परिक्षण गर्दा ३० जना कोरोना संक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। जिल्लाको गुल्मीदरबार गाउँपालिकामा १५ जना, छत्रकोट गाउँपालिकामा छ जना, रेसुङ्गा नगरपालिकामा चार जना, रुरुक्षेत्र गाउँपालिकामा दुई जना,सत्यवती गाउँपालिकामा एक जना, चन्द्रकोट गाउँपालिकामा दुई जना गरि ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ३ सय ८८ पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल चार हजार चार सय ९३ जना कोरोना जितेर घर फर्किएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

गुल्मीमा दोस्रो कोरोना लहरका कारण ९२ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता