गुल्मीमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक पुरुष गम्भीर घाइते !



साउन २७ गुल्मी ।

गुल्मीमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक पुरुष गम्भीर घाइते भएका छन । जिल्लाको इस्मा गाउँपालिका ६ अमरपुर बुल्मका ३० वर्षीय गोरे कुमाल टुनिको रुखबाट लडेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आज बिहान करिब १०:३० बजेको समयमा रुखबाट लडेको प्रहरीले जनाएको छ । अन्दाजी ५५ फिट माथी बाट खसेका कुमालको चिउडो तथा शरिरका विभिन्न भागमा चोट लागेको छ । गुल्मी अस्पताल तम्घासमा उपचार हुन नसके पछि उनलाई थप उपचारको लागि पाल्पा रिफर गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता