गुल्मीको मदरसामा खुस्दिन अली मियाँको नेतृत्वमा व्यवस्थापन समिति गठन



गुल्मी, २७ पुष ।

 गुल्मीमा मदरसा अहले सुन्नत प्राथमिक विद्यालयमा नयाँ नेतृत्वसहित विद्यालय व्यवस्थापन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ तम्घासमा रहेको मदरसा अहले सुन्नत प्राथमिक विद्यालयमा खुस्दिन अली मियाँको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो ।

जसको सदस्य सचिव सोही विद्यालयका प्रधानाध्यापक अनिस सुब्हानी रहेका छन् । समितिको सदस्यहरुमा असरफ अली, सायरा खातुन, अजिता खातुन, रबिना खातुन, ओम बहादुर कुँवर, सौरब थापा र वडाको तर्फबाट वडासदस्य जय बहादुर चुँदारा निर्वाचित भएका छन् ।

सोही मदरसामा खासगरी मुस्लिम समुदायका विद्यार्थीले अध्ययन गर्छन् । तर, उक्त मदरसामा अन्य समुदायका पनि केही विद्यार्थी रहेको नवनिर्वाचित सदस्य असरफ अलीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिको गठनपछि नवनिर्वाचित अध्यक्ष सहित अन्य पदाधिकारी र सदस्यहरुलाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता