एनएमबीले दियो रेसुङ्गा बहुमुखी क्याम्पसलाई कम्प्युटर



 

गंगा खड्का ,साउन २० गुल्मी
एनएमबी बैंक तमघास शाखाले रेसुङ्गा बहुमुखी क्याम्पसमा पुस्ताकलय स्थापनाको लागि एक लाख रुपैयाँ बराबरको कम्प्युटर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पुस्ताकलयमा कम्प्युटर उपलब्ध गराएको तम्घास शाखाका प्रबन्धक प्रविन अधिकारीले जानकारी दिए ।

पछिल्लो समय पुस्ताकलयमा ईमेल र ईन्टरनेटको माध्यमबाट विद्यार्थीले धेरै कुरा सिक्ने भएकाले ई–लाईब्रेरी स्थापना गर्न लागेको क्याम्पस प्रमुख हरिबहादुर खत्रीले बताए ।

एनएमबी वैंकका प्रदेश ५ प्रमुख सुरेन्द्रमान महर्जनले वैंकले समाजमा सकारात्मक भुमिका खेल्न सक्ने बताए । उनले सामाजिक उत्तरदायित्व सवै व्यक्ति र संस्थाले गर्न सके समाजको सकारात्मक विकास र परिवर्तन हुने उल्लेख गरे ।

रेसुङ्गा बहुमुखी क्याम्सका प्रमुख हरि बहादुर खत्रीलाई एनएमवी वैंक प्रदेश ५ प्रमुख सुरेन्द्रमान महर्जनले तिन सेट कम्प्युटर हस्तान्तरण गरेको एनएमबी वैंक तमघास शाखाले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता