अरिङ्गालको टोकाई बाट गुल्मीमा बालको ज्यान गयो !

असोज ५ गुल्मी ।
अरिङ्गालको टोकाई बाट गुल्मीमा बालकको ज्यान गएको छ । जिल्लाको रुरु गाउँपालिका– वडा नम्वर १ रिडी बस्ने १२ वर्षीय पवन अधिकारीको ज्यान गएको हो ।
आइतबार विद्यालय गएका अधिकारी घर फर्किने क्रममा बोटमा रहेको अरिङ्गाल बादरले हल्लाउँदा बालकलाई टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ९डिएसपी० मीनबहादुर घलेले जानकारी दिए । अरिङ्गालको टोकाई बाट घाइते भएका उनको उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।