अभिभावक पढाउदै मालिका गाउँपालिका
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2024/03/IMG_1365.jpg?fit=2400%2C1600&ssl=1)
फागुन २२ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले अभिभावक संग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरि अभिभावक संग अन्तरक्रिया तथा सचेतना कार्यक्रम गरेको छ सम्पन्न गरेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि ,विद्यालयमा रहेका समस्या र अभिभावकको सुझाब सल्लाह लिन गाउँपालिकाले अभिभावक संग उपाध्यक्ष कार्यक्रम सन्चालन गरेको हो ।
पालिका भित्रका सबै विद्यालयका अभिभावकको प्रतिनिधित्व हुने गरि १० वटा माद्यामिक विद्यालयमा अन्तरक्रिया तथा सचेतना कार्यक्रम गरिएको छ ।
विद्यालयको भौतिक तथा,शैक्षिक अवस्था ,समस्या चुनौती र आगामी रणनीति सङै अभिभावकको सुझाव लिन कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताउनु भयो ।
१० दिने अभियानमा मालिका गाउँपालिका भित्रका करिब ३ हजार अभिभावक संग शैक्षिक गुणस्तरको बारेमा छलफल भएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले जानकारी दिए ।
पालिकाले शिक्षा क्षेत्र तर्फ दिईएको चासो प्रती अभिभावक पनि खुसी भएका छन । कार्यक्रम बाट धेरै विषय वस्तु सिक्नुका साथै कुशल अभिभावक कसरी बन्न सकिन्छ बारेमा जान्ने अवसर मिलेको अभिभावकहरुको भनाइ छ ।
पछिल्लो समय गुणस्तरीय शिक्षाको लागि गाउँ छोडेर शहर पस्ने चलन बढिरहेको बेला पालिकाले आयोजना गरेको यस कार्यक्रमले शिक्षा क्षेत्र तर्फ सकारात्मक सन्देश प्रवाह गरेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण बहादुर खत्री बताए ।
कार्यक्रममा अभिभावक संगै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले विद्यालयका समस्या र समितिले गरेका कामको बारेमा जानकारी गराएका थिए ।
मालिका गाउँपालिकाले २०८० लाई शिक्षा सुधार वर्ष घोषणा गरि शिक्षा क्षेत्र तर्फ विविध काम गर्दै आएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।