धुर्कोटमा घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर



तिलाचन पाण्डे

तम्घास, असार ३२ गते ।

 धुर्कोट गाउँपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि  घुम्ती शिविर गरेको छ । गाउँपालिकाले वडा ३ मा  सञ्चालन गरेको शिविरबाट १६४ जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो ।

२४ जना गर्भवतीको भिडियो एक्सरे गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै शिविरमा १२६ घरपरिवारका एक हजार ७५९ पशुपंक्षीलाई औषधि वितरण गरिएको थियो । २१ पशुको गोवर परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको घुम्ती शिविरबाट ४२ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो । १० जनाले अपाङगता भएका परिचयपत्रका लागि निवेदन दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले जानकारी दिनुभयो ।

वडास्तरबाटै गाउँपालिकाबाट प्रदान गरिने सेवा लिन पाउँदा आफुहरुलाई सहज भएको र स्थानीय सरकारको अनुभूति भएको स्थानीयहरुले जनाएका छन् । गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई नागरिकको घरदैलोबाटै सेवा प्रदान गर्ने आफुहरुको लक्ष्यअनुसार नै शिविर सञ्चालन गरिएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।

भुगोलको हिसावले गाउँपालिकाबाट टाढा रहेका वडा १, २, ३ र ७ वडाका नागरिकलाई वडा र टोलस्तरबाटै शिविरको माध्यमबाट सेवा प्रवाह गर्ने आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रमअनुरुप कार्यान्वयन गरेको उहाँको दाबी छ । भुगोलको हिसावले टाढा रहेका वडालाई पहिलो प्राथमिकता दिने र अन्य वडामा पनि क्रमश आवश्यकताको आधारमा शिविर सञ्चालन गर्ने पोखरेलले जानकारी दिनुभयो । स्थानीय सरकारको अनुभूति पालिकाभित्रका नागरिकलाई दिन दिन रात नभनी नागरिककै लागि समय खर्चिने पोखरेले बताउनुभयो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता