सिमलटारी गोल्ड कपको उपाधी आदर्श क्लबलाई



कात्तिक ५ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका ८ स्थित सिमलटारीमा सम्पन्न सिमलटारी गोल्डकप अन्तर्गत  तेस्रो संस्करणको  उपाधी आदर्श फ्रेन्डी क्लब तम्घासले हात पारेको छ । उसले फाइनलमा आयोजक सिमलटारी युथ क्लबलाई ३-२ ले पराजित गर्दै उपाधी चुमेको हो । उसको लागि त्रिदेव कार्की, सुशील परियार, शुरेन्द्र गाहले एक/एक गोल गरे । त्यस्तै उपबिजेता बनेको सिमलटारी युथ क्लबको लागि कृष्ण विक र लोक परियारले सम्मान एक/एक गोल गरे ।
विजेता बनेको आदर्श फ्रेन्डी क्लब तम्घासले नगद ३० हजार सहित ,ट्रफी ,मेडल र प्रमाणपत्र हात पर्दा उपविजेता बनेको सिमलटारी युथ क्लबले १७ हजार नगद सहित मेडल र प्रमाणपत्र हातपारेको खेल संयोजक खडक बहादुर घर्तीले जानकारी दिए ।
ग्रामीण क्षेत्रमा पनि फुटबल प्रती क्रेज बढेको हुँदा सबैको सहयोगमा प्रतियोगिता आयोजना गरिएको संयोजक घर्तीको भनाई छ ।
कात्तिक ३ गते देखि चलेको प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए ।
सिमलटारी सङै गुल्मी पश्चिम क्षेत्रको फुटबल खेल र खेलाडीको क्षमता  विकासको लागि यश क्षेत्रका फुटबल प्रेमी एवम् हाल भारतीय सेनामा कार्यरत शिव बहादुर घर्ती र सुनिल क्षेत्रीको नेतृत्वमा  २०७६ साल देखि सिमलटारी गोल्डकपको सुरुवात भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता