सरकारसँग वार्ताको तयारी चल्दै गर्दा समातिए विप्लव समूहका नेता
माघ १ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ ।
सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए ।
‘सरकारका मानिसहरुसँग अनौपचारिक तहमा हाम्रो कुराकानी भइरहेका थिए । वार्ताका लागि गम्भीरता देखाउँदै पार्टीको तर्फबाट तीन सदस्सीय टोली गठन गरेका थियौं । तर त्यसमध्ये एक सदस्य गिरफ्तारीमा पर्नुभएको छ’, ती नेताले भने, ‘हामीले बनाएको वार्ता टोलीमा यी यी मान्छे थिए भन्ने सरकारका मान्छेलाई कुनै न कुनै रुपमा सन्देश पुगिसकेको थियो ।
पार्टीभित्रको क्षयीकरण, कोरोना महाव्याधीपछिको आर्थिक सामाजिक अवस्था, राजनीतिक संकट लगायतका कारण उक्त पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।