सत्यवती लिम्घाका पहिरो पीडितले पाए लालपुर्जा सहित आवास



मङ्सिर ६ गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घाका २५ घरपरिवारलाई लालपुर्जा प्रदान गरिएको छ । २०७६ सालको प्राकृतिक विपत्तिमा परि त्यहाँका २५ घरपरिवार विस्थापित भएका थिए ।
विस्थापित २५ घरपरिवार मध्ये १९ जनलाई लालपुर्जा सहित घर प्रदान गरिएको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले बताए । साथै बाकी रहेका ६ घर परिवारलाई पनि यसै वर्ष गाउँपालिकाले घर बनाइदिने अध्यक्ष पाण्डेले जानकारी दिए । त्यसको लागि पालिकाले ३० लाख रकम समेत विनियोजन गरेको छ ।
लिम्घाका १६ घरपरिवारलाई केन्द्रिय सरकारले आभास निर्माण गरिदिएको थियो भने तीन घरपरिवारलाई सत्यवती गाउँपालिकाले आभास निर्माण गरि हस्तान्तरण गरेको हो ।
गाउँपालिकाले उचित स्थानमा जग्गा खरिद गरि आभास निर्माणमा समन्वय  गर्ने र लालपुर्जा हस्तान्तरण गर्ने कार्य गरेको गाउँपालिकाले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता