मालिकाको नीति: दर्लिङ्गमा अत्याधुनिक उपकरण सहितको ल्याब सञ्चालन !



असार ६ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले वडा नम्बर दुई दर्लिङ्गमा अत्याधुनिक उपकरण सहितको ल्याब सञ्चालन गर्ने नीति पेस गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा दर्लिङ्ग स्वास्थ्य चौकीमा अत्याधुनिक उपकरण सहितको ल्याब सञ्चालनमा ल्याउने नीति पेस गरिएको हो ।
वडा नम्बर एक,दुई र तीनका नागरिकलाई स्वास्थ्यमा पहुँच विस्तार गर्ने उदेश्यले नीति ल्याईएको हो ।
त्यस्तै गाउँपालिका भित्रका सम्पुर्ण स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड विस्तार गरि निशुल्क सुत्केरी र गर्भवती महिलालाई स्वास्थ्य सेवा प्रवाह गर्ने नीति अवलम्बन गाउँ गरेको छ ।
स्वास्थ्य क्षेत्र तर्फै वडा नम्बर आठ मर्भुङ्ग,एक नेटा,पाँच छापहिले र चार अर्खबाङ्ग स्वास्थ्य चौकीमा भौतिक व्यवस्थापन र उपकरणको व्यवस्था गर्ने नीति उल्लेख गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता