निजामती कर्मचारी दिवस: गुल्मीमा सञ्चारकर्मी र कर्मचारी बीच मैत्रीपुर्ण भलिबल हुने

गुल्मी, भदौ १९ ।
निजामती सेवा दिवसको अवसरमा, भोलि अर्थात भदौ २० गते गुल्मीको तम्घासमा जिल्लाका सक्रिय सञ्चारकर्मी र निजामती कर्मचारीहरूबीच मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । खेल दिउँसो ३:३० बजे चिदिचौर अवस्थित महेन्द्र माविको खेलमैदानमा सञ्चालन हुने भलिबल खेल संयोजक डोरबहादुर विश्वकर्माले दिए ।
कर्मचारी र सञ्चारकर्मीबीचको आत्मीयता अभिवृद्धि गर्ने , भलिबल खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले मैत्रीपुर्ण भलिबल खेलको आयोजना गरिएको हो ।
निजामती कर्मचारीहरूले गुल्मीमा पनि यसवर्ष “व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने मुलनाराका साथ विभिन्न प्रतियोगिता र रचनात्मक कार्य गर्ने भएका छन ।
बिरामीलाई फलफूल वितरण ,महिला कर्मचारी बीच कुर्सी दौड प्रतियोगिता ,पुरुष कर्मचारी बीच घैटो फोर प्रतियोगिता ,कार्यालय परिसर सरसफाइ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।