गुल्मीमा महिलाको नाममा जग्गा लिखत गराउने सङ्ख्या घट्यो !
हुमाकान्त पोखरेल÷गुल्मी, १४ साउन ।
गुल्मीमा महिलाको नाममा जग्गा लिखत गराउने सङ्ख्या घटेको छ । आर्थिक बर्ष २०७७÷७८ को तुलनामा ०७८÷७९ मा कम सङ्ख्यामा मात्रै महिलाहरुको नाममा जग्गा लिखत गरिएको छ । सरकारले महिला, दलित र अपाङ्गको नाममा जग्गा लिखत गर्दा छुट दिने व्यवस्था गरेको छ । महिलाको नाममा गर्दा २५ र दलितको नाममा गर्दा ५० प्रतिशत छूट गरिएको छ । तरपनि महिलाहरुको नाममा उल्लेख्य रुपमा जग्गा लिखत पारित गरिएको छैन ।
आर्थिक बर्ष ०७७÷७८ मा जिल्ला मालपोत कार्यालयमा कुल दुई हजार ६४१ जनाले जग्गा लिखत पारित गरेका छन् । जसमध्ये ३९६ ग्रामीण र १९१ नगरका गरी कुल ५४७ जना महिलाले आफ्नो नाममा जग्गा लिखत गरेका छन् । यसबाट उनीहरुले १३ लाख ९५ हजार ५९ रुपैँया छुट पाएको मालपोत कार्यालय, गुल्मीले जनाएको छ ।
आर्थिक बर्ष ०७७÷७८ मा कुल दुई हजार ८१६ जनाले जग्गा लिखत गरेका छन् । जसमध्ये महिला, दलित वा अपाङ्गले लिखत गराएको जग्गाबारे कार्यालयसँग तथ्याङ्क छैन । तर महिलाहरुले मात्रै २२ लाख ९३ हजार ८३० रुपैँया छुट पाएका छन् । आर्थिक बर्ष ०७७÷७८ को तुलनामा ०७८÷७९ मा आठ लाख ९८ हजार ७६४ रुपैँया कम छुट पाएको कार्यालयका मालपोत अधिकृत खेत बहादुर खत्रीले जानकारी दिए ।
महिलाहरुले पाउने छुटको अन्तरको आधारमा महिलाहरुको नाममा जग्गा लिखत गर्ने घट्दै गएको खत्रीको भनाई छ । गुल्मीमा महिलाहरुको मात्र होइन्, कुल जग्गा लिखत पारित गराउनेको सङ्ख्या पनि घट्दै गएको छ । आ.व. ०७७÷७८ मा भन्दा आ.व. ७८÷७९ मा १७५ ले जग्गा लिखत गराउनेको सङ्ख्या घटेको छ । जिल्लामा अहिले जग्गाको कित्ताकाट पनि फरक प्रक्रियाबाट गरिदैँ आएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।