हिमालय माविमा आधुनिक पुस्तकालय



हुमाकान्त पोखरेल
गुल्मी, २० वैशाख । गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुस्थित हिमालय माध्यमिक विद्यालयमा आधुनिक पुस्तकालयको निर्माण गरिएको छ । गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुर निवासी संयुक्त राष्ट्र संघका पूर्व उप–महासचिव समेत रहेका कुलचन्द्र गौतमको पहलमा ‘छविलाल पाण्डे पुस्तकालय’को निर्माण गरिएको हो । इन्टरनेटबाट समेत अध्ययन गर्न सकिने आधुनिक पुस्तकालय निर्माणको लागि हालसम्म १७ लाख खर्च भइसकेको छ । विद्यालयको भवनमाथि निर्माण गरिएको पुस्तकालयमा एकैपटक ४० जनासम्म बसेर अध्ययन गर्न सकिने विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद भण्डारीले जानकारी दिए । कुलचन्द्र गौतमको मामाघर बस्तु भएकोले उनका मामा छविलाल पाण्डेको नाममा पुस्तकालयको निर्माण गरिएको हो । पाण्डे हिमालय माविका पूर्व विद्यार्थी समेत हुन् । पुस्तकालयमा आवश्यक रेलिङ्ग, पुस्तक खरिद र अन्य उपकरण जडानको काम गाउँपालिकाले गर्ने अध्यक्ष भूपाल पोखरेलले बताए । विद्यालयमा गौतम र पाण्डे परिवारले पाँच लाख रकमको ‘छविलाल पाण्डे स्मृति अक्षयकोष’को पनि स्थापना गरेका छन् । जसबाट विद्यालयका गरिब एवं जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिनेछ । ‘विद्यालयमा बनाएको पुस्तकालयले सिंगो गाउँलाई थप शिक्षित बनाउन मद्धत पुग्नेछ ।’ कुलचन्द्र गौतमले भने, ‘यसलाई व्यवस्थित बनाउन विद्यालय र गाउँपालिकाले विशेष भुमिका निर्वाह गर्नुपर्छ ।’
विद्यालयमा जेहेनदार विद्यार्थीको लागि ‘टिकाराम पन्थी स्मृति अक्षयकोष’ को पनि स्थापना भएको छ । हिमालय माविका पूर्व विद्यार्थी एवं वस्तुकै साविकको हटिया प्राथमिक विद्यालयको पूर्व प्रधानाध्यापक रहेका पन्थीको स्मृतिमा उनका कान्छा छोरा दिवाकर र जेठी बुहारीले दुई लाख रकमको स्मृति अक्षयकोषको स्थापना गरेका हुन् । टिकाराम पन्थी ३२ बर्षसम्म हटिया प्राथमिक विद्यालयको प्राधानाध्यापक भई काम गरेका थिए । उनलाई गाउँमा टिकाराम गुरु भनेर चिन्छन् । पन्थी परिवारले अक्षयकोषको रकमलाई बढाउदैँ जाने बताएका छन् । ‘बुवाको शिक्षाप्रतिको लगाव देखेर मलाई आफ्नो गाउँमा शैक्षिक क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेको थियो ।’ दिवाकरले भने । विद्यालयमा हाल १४ लाखको अक्षयकोष रहेको छ । जसबाट गरिब तथा विपन्न विद्यार्थीले छात्रबृत्ति पाएका छन् ।
अब्बल बन्दै हिमालय मावि
हिमालय माध्यमिक विद्यालय शैक्षिक एवं भौतिक संरचनाको हिसाबमा धुर्कोट गाउँपालिकाभित्र अब्बल विद्यालय मानिन्छ । हाल छ सय ५० विद्यार्थी संख्या रहेको विद्यालयमा यो बर्षबाट बस सेवा थप गरिएको छ । विद्यालयमा कक्षा ८ सम्म अंग्रेजी एवं कक्षा नौ देखि १२ सम्म नेपाली र अंग्रेजी दुवै भाषामा अध्यापन हुन्छ । वि.स. २०१६ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि ५ सम्म यु. डब्लु. एस. को सहयोगमा बालमैत्री पठनपाठन संचालन गर्दै आएको प्रधानाध्यापक कृष्ण प्रसाद भण्डारीले जानकारी दिए । गत शैक्षिक सत्रमा विद्यालयले कक्षा ५, कक्षा ८, एसइई र कक्षा १२ मा उत्कृष्ट स्थान हाँसिल गरेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता