सडक  संजालमा  पनि  अब्बल बन्दै  धुर्कोट गाउँपालिका   



प्रेम सुनार गुल्मी ,  चैत्र  ३  ।
हरेक  कुरामा  नयाँ र एक  कदम  अघि  हुँदै आएको  गुल्मीको  धुर्कोट  गाउँपालिका  सडक  संजाल  बिस्तार र  स्तरोन्नतिको  सवालमा  पनि  अन्य  स्थानीय तह  भन्दा  अब्बल देखिएको छ  ।
संघियता  लागू  नहुनु  अघि  पिच  भैसकेका  सडक  बाहेक  गुल्मीमा     सदरमुकाम देखि  पालिका  सम्मको  पहुँच मार्ग  सबै  भन्दा  पहिला  पिच  गरेर  सक्ने  धुर्कोट  गाउँपालिका  बन्ने  भए पछि  त्यसपालिका  अब्बल  हुने  देखिएको  हो  ।
सदरमुकाम तम्घास देखि  पश्चिम सेउवा  सम्म्म  मदनन  भन्डारी  राकमार्ग  पहिल्ल्लै  पिच  भैसकेको  थियो  ।  सेउवा   देखि  धुर्कोट  गाउँपालिकाको  केन्द्र  सम्म  १३  किलो। मिटर  सडक  पिच  गरेर  सक्ने  अन्तिम  अन्तिम  चरणमा पुगेपछी  धुर्कोट  गाउँपालिकाले  पालिका  सम्मको  पहुच मार्ग  पिच  गर्ने   कुरामा  पनि  आफुलाइ  अब्बल  साबित गर्ने  भएको  हो  ।
सेउवा  सिमाहघाट  बर्वोट  वाग्ला  सडक  नाम  रहेको  धुर्कोट गाउँ पालिकाको  पहुँच मार्ग  धमाधम पिच  गर्न  सुरु  भए  पछि  शुक्रबार जिल्ला  समन्वय प्रमुख  द्रोण बहादुर  खत्री ,  प्रमुख  जिल्ला  अधोकारी  सागरमणि  पाठक  ,  समन्वय उपप्रमुख  तेजेन्द्र  सलामी  र  सडक  पुर्वाधार विकास  कार्यालय  प्रमुख सचितानन्द  चौधरी लगायतका  सरोकारवाला  अनुगमनमा  पुगेका  थिए  ।
 अनुगमनका  क्रममा  सडक  पिच  गर्ने  कार्यमा  खासै  कमजोरी  नदेखिएको तर  नाली  निर्माणमा  त्रुटि  देखिएको  जिल्ला  समन्वय प्रमुख  खत्रीको  भनाइ छ  ।
उप्त  सडक  पिच  गर्ने  जिम्मा  २०७७  जेठ  १०  गते  सम्झौता भै  गत  बर्ष  सक्ने  गरि   काठमाडौ स्थित  एएनके  माउन्टेन  जेभिले  पाएको  थियो  ।  कोभिडका  कारण म्याद  थप  गरि  २०८०  जेठ  २  गते  सम्पन्न  गर्ने  सम्झौता भएको  ,  हाल  सम्म  ७०  प्रतिशत काम  भएको  र  त्यो  भन्दा  पहिल्यै सक्ने  निर्माण व्यबसायिले  बतएको  सडक  पुर्वाधार बिकास  कार्यालय प्रमुख चौधरीको  भनाइ  छ ।
उप्त  सडक  २०५१  सालमा  माननीय  जितेका  जैसिथोकका  समाजसेवी  टंक  पोखरेलको  पहलमा  २०४९  साल  देखि  खन्न  सुरु  गरिएको  थियो  ।  त्यस  पुर्व  जिविस  सदस्य  रहदा  पोखरेलले जन श्रमदान  ट्र्याक  खोल्न  सुरु  गरेको  र  पछि  माननीय  हुँदा १५  लाख  बजेट  परेर  जैसिथोक  सम्म  ट्र्याक  खोली  ५५  सालतिर  सकेको  बताउछ्न  ।
सोही  सडकलाई पिच  गराउन  यस  अघिको  समेत  धुर्कोट  गाउँपालिका  प्रमुखले   जिम्मेवारी सम्हाले  देखि  नै  पहल  गरेका  थिए  ।  फलस्वरूप  दोश्रो कार्यकालमा  आइ  पुग्दा  जिल्लाका  १२  वटा  पालिका  मध्ये  सदरमुकाम देखि  पालिका  सम्मको  पहुँच मार्ग  सबै  भन्दा  पहिला  पिच  गर्ने  धुर्कोट  पहिलो  गाउँपालिका  बन्न  लागेको  प्रती  पोखरेल  खुशी  प्रकट  गरे  ।
इच्छाशक्ती  भए  र  जनप्रतिनिधि ,  कर्मचारीमा  टिमवर्क  मिले  बिकासले  छिट्टै  फड्को  मार्छ  भन्ने  उदाहरण धुर्कोटले  दिएको कुरा  ब्यक्ति कोहि  बोल्नु  पर्दैन  त्यहाको  दृश्य  आफै  बोल्छ  ।  बिकासका  हरेक  क्षेत्रमा  धुर्कोट  अगाडी छ  भनेर  अरु पालिकाबासिले  पनि  भन्ने  गर्छ्न  ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता