पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,सकृय संक्रमितको संख्या ३ सय ३६ पुग्यो !



गोकर्ण पाण्डे भदौ २६ गुल्मी।

गुल्मीमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा मात्र ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ३ सय ३६ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल पाँच हजार छ सय १ जना कोरोना जितेको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ। दोस्रो कोरोना लहरका कारण जिल्लामा ९६ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता