इस्माली समाज काठमाडौं द्धारा इस्मामा हाजिर जवाफ प्रतियोगिता सम्पन्न



माघ १६ ।

गुल्मीको इस्मा गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
इस्माली समाज काठमाडौंको आयोजनामा अन्तर माध्यमिक विद्यायल हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
इस्मा गाउँपालिका दुइको देवीस्थान माध्यमिक विद्यालयमा सम्पन्न प्रतीयोगीताको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले उद्धघाटन गर्नु भएको हो । उद्धघाटन गदै उपाध्यक्ष खत्रीले इस्माली समाज काठमाडौंलाई धन्यवाद ज्ञापन गदै यस्ता प्रतीयोगीताले विद्यार्थीको बौद्धीक क्षमतामा वृद्धी हुने र प्रतीयोगीताले विद्यार्थीको अध्ययन प्रती रुची बढाउने बताउनु भयो ।

प्रतीयोगीतामा गाउँपालिकाका सातै वटा माध्यमिक विद्यालयको सहभागीता रहेको थियो । जसमा हिमाल मावि हस्तीचौर पहिलो ,ठाढुंगा मावि दोस्रो र आन्नद पुर मावि तेस्रो भएका छन् ।
पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश :पाँच हजार , तीन हजार र दुइ हजार पाप्त गरेका छन् ।

हाजिर जवाफ प्रतीयोगीता इस्माली समाज काठमाडौंका कोषाध्यक्ष शिव खड्काको अध्यक्षता , इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीको प्रमुख आतिथ्यता , वडा नम्वर दुइका वडा अध्यक्ष टीका रेश्मी तथा इस्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख लाल बहादुर कुवरको विशेष आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन देविस्थान माविका शिक्षक भिम बाहदुर बिकले गर्नु भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता