अर्जै स्वास्थ्य चौकीमा सुरु भयो एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सुविधा !
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2022/04/277986620_4948820321876592_3598382512021367395_n.jpg?fit=1000%2C750&ssl=1)
चैत २२ गुल्मी ।
मालिका गाउँपालिका ६ अर्जैमा रहेको अर्जै स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सुविधा सुरु भएको छ । सोमबार देखी स्वास्थ्य चौकीमा औपचारिकताका साथ स्वास्थ्य सेवा सुरु गरिएको हो । अर्जै स्वास्थ्य चौकीका प्रमुख खिमराज पोख्रेल वडा, अध्यक्ष शोभाखर गिरी लगायतले डाक्टर राम निलेस चौधरीलाई स्वास्थ्य चौकीमा स्वागत गरेका थिए ।
अब अर्जै स्वास्थ्य चौकी बाट खकार,रगत,दिशापिसाब जाच, एक्सरे तथा भिडियो एक्सरे सहितको स्वास्थ्य सुविधा प्रदान गरिने वडा अध्यक्ष गिरीले बताए । साथै अर्जै स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको सेवा सुरु भए पछि सामान्य स्वास्थ्य सेवाको लागी तम्घास जानु पर्ने बाध्यताता यस क्षेत्रका जनताको हटेको छ ।
भौगोलिक रुपमा दुर्गम मानिने अर्जैले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको छ । जिल्लामै पहिलो पुर्ण सस्थागत प्रसुति वडा घोषणा भएको अर्जैले स्वास्थ्य नै अर्जैको समृद्धि भन्ने नाराका साथ स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ ।
![Seen by Suraj Acharya at Sunday 09:47](https://scontent.fkep2-1.fna.fbcdn.net/v/t39.30808-1/277730243_1525208601206997_5911435901367560035_n.jpg?stp=dst-jpg_p100x100&_nc_cat=103&ccb=1-5&_nc_sid=7206a8&_nc_ohc=MRrZP0A0Ra8AX-MnXia&_nc_ad=z-m&_nc_cid=0&_nc_ht=scontent.fkep2-1.fna&oh=00_AT8pcAuLQHWNc8G0SNTSkvS1W1YJK11gXH49FO4lMQNVpQ&oe=62514988)
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।