शोभाखर गिरीको नेतृत्वमा मालिकाको एमाले



कात्तिक ११ गुल्मी ।
नेकपा एमाले मालिका गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार अर्खबाङमा सम्पन्न दोस्रो अधिवेशनले शोभाखर गिरीलाई नेतृत्वमा चयन गरेको छ ।
गिरीको नेतृत्वमा ५३ सदस्यीय कमिटी सर्वसहमत चयन गरिएको नेकपा एमाले मालिका गाउँकमिटीले जानकारी दिएको छ ।
जसको उपाध्यक्षमा बेद प्रसाद पन्थी ,सचीवमा पदम श्रीस , उपसचिवमा सुनौला केसी र राजकुमार विश्वकर्मा रहेका छन् ।
त्यस्तै लेखा आयोगमा श्यामलाल गिरी चयन भएका छन् ।
पहिलो अधिवेशनमा मालिका गाउँ कमिटीको सचीव भएका गिरीले २०६२ साल बाट नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियु बाट राजनीति यात्रा सुरु गरेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नम्बर ६ अर्जै बाट वडा अध्यक्ष जितेका गिरीले पाँच वर्ष सम्म पालिकाको प्रबक्ताको जिम्मेवारी समेत निभाए ।
स्वच्छ छवि ,शालीन र मिलनसार स्वाभाव रहेका गिरी युवा पुस्तामा लोकपि्रय छन ।
आफ्नो कार्यकालमा सामाजिक विभेदको अन्त्य गर्न सक्रिय रहने,पार्टीलाई गतिशील र समयसापेक्ष लैजाने,जनताको सेवा गर्ने उनले बताए । त्यस्तै मालिकाको विकास निर्माणमा जुट्दै गाउँपालिकाले गरेका राम्राकामको सम्मान र नराम्रा कामको खबरदारी गर्ने उनको तर्क छ । साथै जहाँ प्रतिपक्ष बलियो छ त्यहा विकास निर्माण सङै सरकारका हरेक गतिविधि राम्रो हुने हुँदा त्यस तर्फ पनि आफू र आफ्नो पार्टीले ध्यान दिने गिरीले बताए ।
अधिवेशनको नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले उद्वघाटन गरेका थिए ।

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता