वडा अध्यक्ष गुरुङले पठाए घरघरमा चेतनामुलक पत्र सहित प्रत्येक सदस्यलाई माक्स



कात्तीक ५ बाग्लुङ ।

बाग्लुङको बडिगाड गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कृष्ण गुरुङले आफ्ना वडाका सबै नागरीकलाई चेतनामुलक पत्र सहित प्रत्येक सदस्यलाई माक्स पठाएका छन् ।

८२२ घरधुरि  परिवार र  वडा भित्र रहेका विभिन्न संघ संस्थालाई लाई कोरोना सम्बन्धि चेतनामूलक र विजया दशमि तथा शुभदिपावली २०७७ को शुभकामना सहितको कार्ड पठाएका हुन ।

वडाभित्र स्थायि तथा अस्थायी रुपमा बसोवास गर्ने ५२४४ जनालाई माक्स् प्रदान गरिएको छ । साथै वडा कार्यालय मार्फत चाडपर्व विशेष राहात समेत उपलब्ध गराउने वडाले निर्णय समेत गरेको छ ।
कोरोनाको महामारी फैलिएरहेको अवस्थामा आफ्ना नगारीकलाइ सचेत गराउन र कोरोना बाट बच्न माक्स प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता