मालिका -७ घमिरका स्थानीयलाई आय आर्जनका सामाग्री प्रदान

असार १५ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका सात घमिरका स्थानीयलाई दलित उत्थान आय आर्जन कार्यक्रम अन्तरगत आय आर्जनका सामाग्री वितरण गरिएको छ । राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र नेपाल तम्घासको आयोजना र सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोगमा दलित उत्थानको लागि सिपमुलक सामाग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष रेशम कुवरले जानकारी दिए । परम्परागत पेसा गरेर आय आर्जन गरिरहेका १० जनालाई आधुनिक आरन सेट पाँच परिवारलाई सिलाइकटाइ मेसिन र घमिर परियार समुहलाई पन्चेबाजा प्रदान गरिएको वडा अध्यक्ष हिरा बहादुर कार्कीले जानकारी दिए । उनिहरुलाई तीन दिन सम्म प्रशिक्षण दिएर सामाग्री उपलब्ध गराईएको हो । प्रशिक्षणमा सामग्रीको के कसरी प्रयोग गर्ने , कसरी व्यवसायीक बन्ने ,आधुनिक प्रविधिको कसरी प्रयोग गर्ने भन्नेमा जानकारी गराईएको मुख्य प्रशिक्षक डिबी पछाईले बताए ।
प्राप्त सामग्रीको सहि सदुपयोग गरि व्यवसायिक बन्न आग्रह गर्दै पालिका थप सहयोग गर्न प्रतिबद्ध रहेको गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालको भनाई छ ।
प्रशिक्षण सङै आवश्यक सामाग्री पाउँदा स्थानीय पनि खुसी भएका छन् । प्राप्त सामाग्रीलाई आय आर्जन संग जोड्ने उनिहरुको भनाइ छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।