मालिका गाउँपालिकाले पशुपंक्षी सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने !



चैत १८ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले नि: शुल्क पशुपंक्षी
सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । भोलि अर्थात चैत १९ गते गाउँपालिकाको वडा नम्बर चार अर्खबाङमा शिविरको आयोजना गरिएको पशु प्राविधिक अर्जुन थापाले जानकारी दिए ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तम्घासको विज्ञ टोलीले सेवा प्रवाह गर्नेछ ।
शिविरमा बाह्य परजीवी ,आन्तरिक परजीवीको उपचारका साथै आकस्मिक सेवा प्रवाह गर्नुका साथै पशु सम्बन्धि सबै प्रकारका रोगको उपचार हुने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै आवश्यक औषधि समेत नि:शुल्क वितरण गरिने मालिका गाउँपालिकाले जानकारी दिएको छ ।

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता