मदाने गाउँपालिकाले लिएका कृषि तथा पशुपालन क्षेत्रका १० उत्कृष्ट नीति (यस्ता छन् )



असार ९ गुल्मी ।
गुल्मीको मदाने गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा उत्कृष्ट नीति प्रस्तुत गरेको छ ।
पालिकाको १५ औं गाउँसभा अधिवेशनमा अध्यक्ष महेन्द्र बहादुर कुवरले उक्त नीति प्रस्तुत गरेका हुन।
गाउँपालिकाको हावापानी सुहाउँदो नीति अवलम्बन गरिएको पालिकाले जनाएको छ ।
कृषि र पशुपालन बाटै समुन्नत मदाने सम्मानित मदाने वासी नारा पूरा हुने आत्मविश्वासका साथ कृषि र पशुपालन क्षेत्रमा फरक नीति तथा कार्यक्रम समावेश गरिएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताईन । मदानेको माटो सुहाउँदो नीति बनेको हुँदा
बजेट बनाउन र कार्यान्वयन गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले बताए ।
यस्ता छन नीतिहरु ।
१)हल गोरु र स्थानीय रैथाने जातको गाई पाल्ने किसानलाई प्रोत्साहन गर्नकै ।
२) तीन वटा दुहुने गाईभैसी पाल्ने किसानलाई प्रोत्साहन गर्ने  ।
३) एक वडा दुई उत्पादन ।
४) अगाडि फुलबारी पछाडी करेसावारी बिचमा मौरीघारी ।
५) मदानेको खोलामा पाइने माछाको अध्ययन गर्न खोलामा रहहरु निर्माण गर्ने ।
६) नगदे बाली उखु खेतिलाई प्रोत्साहन गर्ने  ।
७) सबै वडाको माटो परिक्षण गरि माटो अनुसार बाली लगाउने ।
८) मासु पसल र बधशालाको पूर्वाधार स्तरउन्नति गरि स्वास्थ्य मापदण्डमा आधारित तुल्याउने ।
९) प्लास्टिकजन्य मालालाई निरुत्साहित गरि पुष्पखेतिलाई प्रोत्साहन गर्ने ।
१०) बाख्रा र भैसिहरुको उत्पादकत्व वृद्धि गर्न नश्ल सुधार गर्ने र मौरीपालन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता