ब्याडमिन्टन संघ गुल्मीको अध्यक्षमा थापा



भदौ -१९ गुल्मी ।

जिल्ला ब्याडमिन्टन संघ गुल्मीको वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।
आज भएको वार्षिक साधारण सभामा कोषाध्यक्ष रामप्रसाद पन्थीले २७ लाख ७२ हजार एक सय ६७ रुपैयाँ बराबरकोको आय व्यय प्रस्तुत गर्नु भयो । अध्यक्ष नवराज श्रेष्ठले संस्थाको विगत, वर्तमान अवस्था र भावी योजनाको बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै चौथो अधिवेशनले आगामी चार वर्षको लागि सर्वसहमत नयाँ नेतृत्व समेत चयन गरेको छ । अधिवेशनले भरत थापाको नेतृत्वमा १५ सदस्यीय जिल्ला ब्याडमिन्टन संघ गुल्मी गठन गरेको छ । जसको बरिस्ठ उपाध्यक्षमा शुरेश श्रेष्ठ ,उपाध्यक्षमा माधव विष्ट,सचीवमा चतुर्भुज पन्थी,कोषाध्यक्षमामा प्रकाश बुढाथोकी रहनु भएको छ ।
आफ्नो कार्यकालमा केही नयाँ र रचनात्मक काम गर्ने नवनिर्बाचित अध्यक्ष थापाले बताउनु भयो । कार्यक्रममा लुम्बिनी खेलकुद परिषद सदस्य महेश काउछको प्रमुखको आतिथ्य रहेको थियो ।
स्वास्थका लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्ला ब्याडमिन्टन संघ गुल्मीको २०५२ सालमा स्थापना गरिएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता