बिग मुभिजमा ‘फास्ट एन्ड फ्युरिअसः हब्स एन्ड स’को विशेष प्रिमियर भोली

हलिउडको चर्चित सिनेमा फास्ट एन्ड फ्युरिअसको ‘हब्स एन्ड स’को विशेष प्रिमियर कमलपोखरीको सिटी सेन्टरस्थित अत्याधुनिक मल्टिप्लेक्स बिग मुभिजमा हुने भएको छ ।
युनिभर्सल पिक्चर्स, एप्पल इन्टरटेनमेन्ट र बिग मुभिजको सहकार्यमा बिहीबार (१६ साउन) उक्त फिल्मको एक्सक्लुसिभ प्रिमियर हुन लागेको हो । ‘फास्ट एन्ड फ्युरिअस’को ‘हब्स एन्ड स’ संस्करण शुक्रबारबाट विश्वभर रिलिज हुँदैछ, ।’
बिग मुभिजका भरत अग्रवाल भन्छन्, ‘हामीले युनिभर्सल रिजिलको एक दिनअघि बिहीबार त्यसको एक्सक्लुसिभ प्रिमियर गर्दैछौं ।’
बिग मुभिजको ‘अउडी ३’मा देखाइने उक्त सिनेमाको प्रिमियरमा फिल्म, संगीत, कला, साहित्य, उद्योग–व्यवसाय, सञ्चार लगायत राष्ट्रिय जीवनका महत्त्वपूर्ण क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई बोलाइएको छ । सर्वसाधारणले शुक्रबारदेखि बिग मुभिजमा उक्त सिनेमा हेर्न पाउने छन् ।
फास्ट एन्ड फ्युरिअसको ‘हब्स एन्ड स’ संस्करण डेबिड लेथान्डद्वारा निर्देशिक अमेरिकी एक्सन फिल्म हो । यसको कथा क्रिस मोर्गान र ड्रिउ पिएर्सले लेखेका हुन् । यो सिनेमा मोर्गानले लेखेको कथामा आधारित छ । फिल्मको कथा ड्वाने जोन्सन र जसोन स्टाथम अभिनित मुख्य पात्र लुक हब्स र डाकार्ड सामा घुम्छ ।
यसको वल्र्ड प्रिमियर भने क्यालिफोर्नियाको लस एन्जलसस्थित डल्बी थिएटरमा जुलाई १३ मा भइसकेको छ ।
बिग मुभिज नेपालको पहिलो र अत्याधुनिक मल्टिप्लेक्स हो । बिग मुभिज अन्तर्गत काठमाडौंको कमलपोखरीस्थित व्यापारिक कम्प्लेक्स सिटी सेन्टरको चौथो तलामा तीनवटा सिनेमा हल छन् । बिग मुभिजका हलहरुमा विश्वस्तरीय सुविधा उपलब्ध छ ।
बार्को टू के डिजिटल प्रोजेक्सन सिस्टम र डल्बी एटमोस सहितको क्रिस्टल क्लियर डिटिएस साउन्ड सिस्टम यस हलका विशेषता हुन् । बिग मुभिजले अब्बल साउन्ड र पिक्चरका लागि एउटा स्क्रिनलाई उच्चस्तरीय थ्रीडी इफेक्टमा स्तरोन्नति गरेको छ । टिकट काउन्टरदेखि बहिर्गमनसम्मको क्षणलाई रोचक र अविस्मरणीय बनाउने तथा सिनेमा हलको विश्वस्तरीय अनुभव प्रदान गर्ने बिग मुभिजको उद्देश्य रहेको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।