ताला लगाउने नजिर गलत,आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षित गर्न संसद भण्डारीको आग्रह

असार ३० गुल्मी ।
केही दिन यता सामाजिक सञ्जाल संगै चिया चौतारोमा छलफलको विषय भनेको रुरुक्षेत्र गाउँपालिकाको स्मार्ट बोर्ड खरिद विषयले उग्र रुप लिएको छ । नेकपा एमाले निकट जनप्रतिनिधिले पालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा तालाबन्दी गरेको पछि विषय झन पेचिलो बनेको छ । सोमबार उपाध्यक्ष मिना गौतम सहित एमाले निकट जनप्रतिनिधिले ज्ञापनपत्र बुझाएर तालाबन्दी गरेका हुन ।
उनिहरुले विभिन्न पाँच वटा बुदामा आफ्ना माग राखेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।
यसैलाई लक्षित गरि गुल्मी क्षेत्र नम्बर एक का संघीय संसद चन्द्र भण्डारीले ताला लगाउने विषय गलत भनेका छन् । उनले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा रुरुक्षेत्र गाउँपालिकामा भएको घटनालाई लक्षित गरि भनेका छन ,“ संसद भवन , सिंह दरवार देखी गाउँपालिका सम्म ताला बन्दी गर्नु हुदैन भन्ने कुरा हामी सबैले बुझ्नु पर्दछ । ताला लगाउने नजिर बसाउने हो भने सुरक्षित कोही हुदैन साथै भण्डारीले एमालेलाई लक्षित गरी आफ्ना मत राख्ने र विकास गर्ने ठाउमा तालावन्दी भनी प्रश्न गर्दै आफ्ना कार्यकर्ता र नेता लाई प्रशिक्षित गर्नको लागि आग्रह गरेका छन् । अल्पमतको सुरक्षा हाम्रो जिम्मेवारी हो, सबै पक्ष जिम्मेवार र परिपक्क हुनु पर्दछ भण्डारीले उल्लेख गरेका छन ।
यस्तै पालिकाले प्रेस विज्ञप्ति जारी गरि स्मार्ट बोर्डको विषयमा पटक पटक कार्यपालिका ,शिक्षा समितिको बैठक,सार्वजनिक सुनुवाइ र सबै विद्यालयका प्रधानाध्यापकलाई जानकारी गराएको उल्लेख गरेको छ । पालिकाका प्रबक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष हरी प्रसाद ज्ञवालीले गरेको हस्ताक्षरमा भनिएको छ । “संवैधानिक निकाय बाट छानबिन भैइरहेको विषयलाई लिएर अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमामा मात्रै तालाबन्दी गर्नु गतल सूचना सम्प्रेषण र भ्रामक रहेको जनाउदै गम्भीर आपत्ति पालिकाले जनाएको छ ´´ ।
तालाबन्दीले सेवा प्रवाहमा असर पुराउने हुँदा तत्काल फिर्ता लिन समेत पालिकाले आग्रह गरेको छ ।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष अल्पमतमा हुँदा पटक पटक चौतर्फी घेराबन्दीमा पर्ने गरेका छन् । यति सम्मकी आफ्नो ब्याक्तिगत फेसबुक आईडी बाट समेत लेख्दा कार्यपालिका सदस्यहरुलाई जबाफ दिनु पर्ने बाध्यता आएको एक कार्यापालिका सदस्यले बताए ।

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।