जन्म दिनको अवसरमा पुर्व विद्यार्थी नारायण जिसी द्वारा थानपती निमाविलाई पाँच हजार सहयोग
पुस १६ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -८ दघास निवासी नारायण जिसीले जन्म दिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । पुर्व विद्यार्थी समेत रहेका जिसीले थानपती निमाविले चलाएको बृहत आर्थिक संकलन अभियानलाई आज(मंगलबार ) परेको आफ्नो जन्म दिनको अवसर पारेर पाँच हजार पाँच रुपैयाँ सहयोग प्रदान गरेका हुन । विद्यालयले शैक्षिक सुधारको लागि “ दीर्घकालीन अक्षयकोष´´ स्थापना गर्ने अभियानमा राम्रो लागेर साथ दिने उदेश्यले आफूले सक्दो सहयोग गरेको उनको भनाइ छ ।
साथै उनी “थानपती निमावि कल्याणकारी कोष´´को ४१ औं संस्थापक सदस्य समेत बनेका छन् ।
लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाडका स्वकीय सचिव समेत रहेका जिसीले विद्यालयलाई पटक पटक सहयोग गर्दै आएका छन् । अघिल्लो वर्ष पनि जन्म दिनको अवसरमा उनले विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेका थिए । साथै पछिल्लो समय उपसभामुखको स्वकीय सचीव बने सङै विद्यालयमा शौचालय निर्माणको लागि पनि पहल कदमी लिएको जिसीले उल्लेख गरे । आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता समेत जाहेर गरे ।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।