घमिरमा हुँदैछ फुटबल र भलिबलको महाभिडन्त




भदौ २८ गुल्मी ।
खेलकुद तथा साँस्कृतिक युवा क्लब मालिका -७ घमिरको आयोजनामा भलिबल प्रतियोगिता र खुल्ला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।
वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुँदा फुटबल भन्ने खुल्ला आयोजना गरिएको क्लबका अध्यक्ष सुमन पन्थीले जानकारी दिए । त्यस्तै भलिबल प्रतियोगितामा २ जना खेलाडी वडा बाहिरको खेलाउन सकिने छ ।
असोज २१ देखि २५ गतेसम्म भानुपोखरमा आयोजना हुने प्रतियोगितामा भलिबल तर्फ विजेताले ५१ हजार एक सय एक र उपविजेताले ३१ हजार एक सय १ रुपैयाँ मेडल ,शिल्ड र प्रमाणपत्र हात पार्नेछन । भलिबल तर्फको प्रथम पुरस्कार इस्मा गाउँपालिका ५ का कमल जिसीले सौजन्य गर्दा द्वितीय पुरस्कार मालिका ७ घमिरका केशब पन्थीले प्रायोजन गरेका छन ।
त्यस्तै फुटबल तर्फ विजेताले ४० हजार हात पार्दा उपविजेताले २५ हजार सहित मेडल ,प्रमाणपत्र र शिल्ड पाउनेछन । फुटबल तर्फको पुरस्कार पनि स्थानीयले सौजन्य गरेका छन । प्रथम पुरस्कार तिलक कार्की र बबिन खड्काले सौजन्य गर्दा द्वितीय पुरस्कार जित बहादुर लम्साल क्षेत्रीले सौजन्य गरेका छन ।
कार्यक्रमलाई सफक बनाउन स्थानीयले एक सय रुपैयाँ देखि ५१ हजार सम्म सहयोग गरेको क्लबका सचीव गोबिन्द कार्कीले बताए । खेल र स्थानीय खेलाडी लाई प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताले खेलाडीको प्रतिभा प्रस्फुटन हुने, आत्मीय बढ्ने अपेक्षा क्लबले लिएको छ ।
अहिले सिङ्गो क्लब संगै घमिरका स्थानीय कार्यक्रम सफल बनाउन विभिन्न योजनाका साथ काम गरिरहेका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता