गुल्मेली समाज जापान, कान्साईको प्रथम क्षेत्रीय अधिवेशन ओसाकामा सम्पन्न

ओसाका, २८ भदौ ।
गुल्मेली समाज जापानको कान्साई क्षेत्रीय कार्यसमितिको प्रथम अधिवेशन भव्य रूपमा ओसाकामा सम्पन्न भएको छ। अधिवेशनमा गुल्मेली समाज जापानका केन्द्रिय अध्यक्ष महेन्द्र कुमार अधिकारीले गुल्मी समाजको गठनले एकता, सहकार्य र समर्पणको उदाहरण पेश गरेको भन्दै समाजको तर्फबाट शुभकामना व्यक्त गरेका थिए।
निवर्तमान अध्यक्ष शालिकराम भण्डारीको संयोजकत्वमा सल्लाहकारहरू मुक्तिराम खरेल र टिकाराम खरेल सम्मिलित निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।
प्रथम अधिवेशनले रामकुमार पाण्डेयको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ । उक्त समितिको उपाध्यक्षमा कृष्ण रायमाझी, खिम प्रसाद खरेल, कालिका पौडेल, सचिव दिपक पाण्डे, सह-सचिवहरू कृष्ण गौतम, रामकृष्ण अर्याल, कृष्णराज खरेल, कोषाध्यक्ष मोहन कुंवर सह-कोषाध्यक्ष रामकान्त खरेल, राजु खरेल, युवा संयोजक अटुट क्षेत्री (कमल जीसी) रहेका छन ।
त्यसैगरी सदस्यहरूमा मधु खराल, खगराज अर्याल, सुभास खरेल, मणी खरेल, धनिश्वर खरेल, दिप खरेल, धनपती खराल, ठाकुर चालिसे, मोहन घिमिरे, गंगा सापकोटा, लक्ष्मण पोखरेल, तुल्सी खरेल र सुनिल छन्त्याल रहेका छन ।
तदर्थ समिति संयोजक तथा वर्तमान कोषाध्यक्ष मोहन कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तदर्थ समिति सदस्य तथा वर्तमान सचिव दिपक पाण्डेयले गरेका थिए । शुभकामना मन्तव्य राख्दै रामकुमार पाण्डेयले उपस्थित सम्पूर्ण अतिथिहरूप्रति आभार प्रकट गरेका थिए।
अग्रज व्यक्तित्व तथा सल्लाहकार तुल्सीराम खरेलले लामो समयदेखि सबैको सहयोगले सर्वसम्मत रूपमा कान्साई क्षेत्रीय समितिको गठन सम्भव भएको बताए।
कार्यक्रममा संस्थापक अध्यक्ष बाबुराम भण्डारी, निवर्तमान अध्यक्ष शालिकराम भण्डारी, सल्लाहकार तुल्सीराम खरेल, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष टिकाराम खरेल, उपाध्यक्ष दिलिप कंडेल लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गुल्मेली समाज जापानका सल्लाहकार मुक्तिराम खरेल र ईश्वरी सापकोटा, उपाध्यक्ष कृष्ण बावु पोख्रेल र ज्योती केसी, सचिव द्वय दिपेन्द्र केसी र लक्ष्मण बस्नेत, कान्तो संयोजक कृष्ण भण्डारी, एनआरएनए आईसीसी सदस्य टिकाराम कंडेल र यज्ञमणि सापकोटा, समाजसेवी नरेन्द्र बस्नेत, एनआरएनए जापानका सचिव विष्णु सापकोटा, कान्साई संयोजक भिमबहादुर घर्ती (अनुप), पूर्व संयोजक हरिप्रसाद कंडेल, विभिन्न संघ-संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
नवगठित कार्य समितिले थप तीन जना सदस्य मनोनित गर्ने र पछि आवश्यकता आधारमा अन्य सदस्यहरू थप गरिने अध्यक्ष पाण्डेयले जानकारी दिएका छन ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।