गुल्मीदरबारको दाेस्राे चाैमासिक समिक्षा: यस्तो छ प्रगति विवरण



सन्तोष महतारा गुल्मी, २१ चैत ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले दाेस्राे चाैमासिक समिक्षा गरेको छ । आर्थिक वर्ष २०७९/८० याे यस अवधिसम्म भएका सम्पूर्ण गतिविधिकाे सार्वजनिकसँगै समिक्षा गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद पाण्डेले हालसम्म गाउँपालिका भएका गरेका सम्पुर्ण गतिविधि र कार्यालयबाट हुने सेवा प्रवाह सम्बन्धि जानकारी गराएका थिए । गाउँपालिकाकाे कुल ५४ करोड ६५ लाख ५५ हजार बजेटमा २१ करोड १३ लाख ४४ हजार खर्च भएको छ । जून ३८. ६७ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार जसमा चालु तर्फ १४ करोड ६० लाख ८३ हजार खर्च भएको छ । जून बजेटको ४१.४६ प्रतिशत हो । त्यस्तै पुँजीगत बजेट तर्फ आर्थिक वर्षको आठ महिनामा ६ करोड ४८ लाख ७८ हजार मात्र खर्च भएको छ । जून बजेटको ३३.४८ प्रतिशत हो ।

गाउँपालिकामा कार्यसम्पादन अनुसार चौमासिक कर्मचारी मूल्यांकन, मासिक ई–बुलेटिन प्रकाशन, पहिचानसहितको लोगो निर्माण, सूचनाको हकका लागि स्वतः प्रकाशन, गुल्मीदरबार दर्पण नामक पुस्तक र भिडियो डकुमेन्ट्री निर्माण, गुल्मीदरबार नामक गित, भूमि बैंकको स्थापना, सहायता कक्षको स्थापना, १० सूचकमा कर्मचारीको मूल्यांकन, आन्तारिक आम्दानीको वृद्धि, कर्मचारीलाई स्थायी मोबाइल नम्बर, गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालयमा ई–हाजिरीको व्यवस्था, बिजुली नहुँदा सोलारको व्यवस्था, अनलाइन राजस्व प्रणालीको सुरुवात, कस्तो छ आमा कार्यक्रम, कृषकसँग गाउँपालिका कार्यक्रम, वडाबाट योजना सम्झौता, योजनासम्बन्धी विस्तृत विवरण लेखिएको पुस्तिकाको व्यवस्था, अपांग परिचयपत्र वितरण, अनलाइन माध्यमबाट घटना दर्ता, सामाजिक सञ्जाल र वेभसाइटमार्फत सूचना प्रवाह गरिरहेको छ ।
गाउँपालिकाका महत्वपूर्ण सूचना र कार्यक्रम प्रत्येकको मोबाइलमा म्यासेज जाने व्यवस्था, सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण, हाम्रो गुल्मीदरबार नामक पुस्तक कक्षा १ मा लागू गरिएको, विपद् व्यवस्थापन गर्न आवश्यक औजार खरिद, जनतासँग रेडियो कार्यक्रम संचालन, शुद्ध पिउने पानीको व्यवस्था, रणनैतिक योजनाहरू संचालन, वडामा अनलाइन अनुगमन, कृषिसम्बन्धी तालिम, कृषि गणना, विद्यार्थीसँग गाउँपालिका कार्यक्रम संचालन, खेलाडीसँग गाउँपालिका कार्यक्रम संचालन, सबै वडामा मेलमिलाप केन्द्र स्थापना, नियमित बजार अनुगमन, चौमासिक र वार्षिक समीक्षा, सार्वजनिक सुनुवाइ कार्यक्रम, कर्मचारी आचारणको मूल्यांकन र सुविधासम्पन्न सभाहल निर्माण लगायतका काम गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाकाे याेजना तथा अनुगमन शाखाका प्रमुख टंक प्रसाद पन्थीले निर्माण सम्पन्न, निर्माणाधीन र निमार्णकाे प्रक्रियाकाे रहेका याेजना सम्बन्धि प्रस्तुत गरेका थिए ।

नेपाल सरकारले सुरु गरेको ‘एक पालिका : एक अस्पताल’ कार्यक्रम अन्तर्गत यस गाउँपालिकामा १५ शैयाकाे अस्पताल निर्माणको अन्तिम चरणमा रहेको छ । जसकाे ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अस्पतालसँगै गाउँपालिकाले एक सय ५७ वटा याेजना सम्पन्न गरेको छ ।

सुचना प्रविधिका पनि गाउँपालिका अब्बल रहेको छ । ई-बुलेटिन प्रकाशन, वेबसाइट अध्यावधिक, समाजिक संजाल फेसबुकमा अपटेड र स्थानीय संस्थागत मुल्यांकनमा पनि गाउँपालिका अब्बल रहेको सुचना अधिकृत समेत रहेका पन्थीले बताए ।

स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले गाउँपालिकामा भएका स्वास्थ्य सम्बन्धि सम्पुर्ण गतिविधिहरु प्रस्तुत गरेका थिए । उनले सेवा प्रवाह अन्तर्गत न्यूनतम सेवा मापदण्ड अन्तर्गत सबै स्वास्थ्य चाैकीकाे सुशासन, व्यवस्थापन, क्लिनिक व्यवस्थापन र समग्र स्वास्थ चाैकीकाे अवस्थाबारे जानकारी गराए ।

पाेषण कार्यक्रम, भिटामिन कार्यक्रम, मातृ तथा नवजात शिशु कार्यक्रम लगायतका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ । गाउँपालिकाले शिविर मार्फत टाेलटाेलमा स्वास्थ्य सेवा दिइरहेको छ ।

आर्थिक तथा सामाजिक विकास शाखाका प्रमुख नवराज घिमिरेले ६ सय ९२ व्यवसाय संचालनमा रहेको, २ सय २० बजार अनुगमन गरेको र ६ सय ३५ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ ।

प्रगति समिक्षामा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र प्रसाद शर्मा, लेखा शाखा प्रमुख टेकराज गिरी, राेजगार सेवा केन्द्रका रमेश खड्का, आन्तरिक राजस्व शाखाकाे तर्फबाट प्रकाश थापा र गाउँपालिकामा संचालित हेफर प्राेजेक्ट नेपालको तर्फबाट हरिकृष्ण बिकले शाखाका गतिविधिबारे जानकारी गराएका थिए ।

नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष टाेपलाल अर्यालले बसाइँसराइ मुख्य समस्याको रुपमा देखा परेकोले यस सम्बन्धि समिक्षा हुन जरुरी रहेको बताए । उनले निरन्तर चाैमासिक समिक्षा, सार्वजनिक सुनुवाइ र अन्यमा अब्बल रहेको भन्दै प्रशंसा गरेका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय लक्ष्मण प्रसाद पाण्डेले पहिलो चाैमासिक र दाेस्राे चाैमासिकका सबै गतिविधि सार्वजनिक सहित समिक्षा गरिएको बताए । उनले समिक्षामा प्राप्त सुझावहरु आगामी दिनमा कार्यान्वयन गरिने बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष सराेज कुमार थापाले वार्षिक नीति तथा कार्यक्रम अनुसार काम गरिरहेको बताए । नागरिकको माैलिक अधिकार अनुसार आफूले गरेका सबै गतिविधिहरु सार्वजनिकसँगै समिक्षा गरिएको गाउँपालिका अध्यक्ष थापाको भनाइ छ । ‘गाउँपालिकाकाे तर्फबाट सबै गतिविधिहरु सार्वजनिक गरेका छाैं’ अध्यक्ष थापाले भने, “समिक्षामा आएका सुझावहरुलाई समेटेर आगामी कार्यक्रम बनाइनेछ ।” अध्यक्ष थापाले भनेअनुसार काम गर्न पदमा पुगेपछि गार्‍हो हुने गरेको सुनाउँदै जनताको नजिकको सरकारको अनुभुति गराउने कार्यक्रम कार्यान्वयनमा ल्याएको बताएका छन् ।

दाेस्राे चाैमासिक समिक्षा गाउँपालिका अध्यक्ष थापा, उपाध्यक्ष तारा थापा ढेंगा, प्रमुख प्रशासकीय अधिकृत पाण्डे, वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कर्मचारी र सराेकारवालाहरुकाे सहभागितामा गरिएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता