गुल्मीकी सिडिओलाई कोरोना संक्रमण, निषेधाज्ञालाई हेलचक्य्राइँ नगरी पालना गर्न अनुरोध

१८ असार, गुल्मी । गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई कोरोना संक्रमणको पुष्टि भएको छ । बिहीबार सदरमुकाम तम्घास स्थित कोभिड–१९ परिक्षण प्रयोगशालामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षण दुबैमा कोरोना पोजेटिभ देखिएको हो ।
रुघाखोकी र शरीर कमजोर हुँदै गएपछि कोरोना परिक्षण गराउँदा पोजेटिभ देखिएको शर्माले बताईन् । आँफु कसरी संक्रमित भए भनेर यकिन गर्न नसकेको शर्माको भनाई छ ।
आँफु सचेत हुँदाहुँदै पनि कोरोना संक्रमण भएपछि उनले जिल्लाबासीलाई थप सचेत हुन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेकी छन् ।
जिल्लामा जारी निषेधाज्ञालाई हेलचक्य्राइँ नगरी पालन गर्न गराउन सबैलाई सिडिओ शर्माको अनुरोध रहेको छ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।