छड्के मिडिया प्रालिद्धारा २०८० सालको भित्तेपात्रो बिमोचन



अनिल खत्री
२३ चैत, गुल्मी । छड्के मिडिया प्रालिले २०८० सालको अबसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन गरेको छ । छड्के मिडिया प्रालिद्धारा सञ्चालित छड्के न्यूज डटकमले प्रकाशन गरेको भित्तेपात्रो रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बिमोचन गरेका हुन् ।
पात्रो बिमोचन गर्दै नगरप्रमुख पन्थीले नयाँ वर्ष २०८०को शुभकामना दिँदै मिडियाले सत्य तथ्य निष्पक्ष समाचार दिनुपर्नेमा जोड दिए । उनले समुन्तीको आधार भनेकै पत्रकार रहेको बताए ।
समाज विकासमा संचारमाध्यमको महत्वपुर्ण भुमिका रहने उल्लेख गरे । उनले पत्रकारले जे पनि लेख्छन् भन्ने आइरहेकाले पत्रकारितको गरिमालाई सधैं जोगाइ राख्न आग्रह गरे ।
अनलाइन मिडियाले समाचार राख्ने क्रममा कतिपयले झुटो र भ्रामक समाचारहरु पनि सम्प्रेषण गर्ने भएकाले त्यस तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष तथा जिल्लाका अग्रज पत्रकार जनार्दन घिमिरेलाई सम्मान गरिएको थियो ।
घिमिरेलाई नगरप्रमुख पन्थी र छड्के मिडियाका अध्यक्ष मनोज कार्कीले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । घिमिरे जिल्लामा रहेर दुए दशक यता जिल्ला र राष्ट्रिय स्तरका मिडियामा अबद्ध रहेर काम गर्दै आइरहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल आर्यालले छापा मिडिया भन्दा अनलाइन मिडिया प्रभावकारी बन्दै गएकाले सत्य तथ्य समाचार सम्प्रेषण गर्न जोड दिए । यसवर्षबाट जिल्लामा क्रियाशील पत्रकारलाई सम्मान गर्न थाली गरेकोमा राम्रो पक्ष भएको उनले बताए ।
छड्के न्यूज डटकमले गत २ वर्ष वर्ष यता गुल्मी जिल्ला र देश भरका समाचारहरु सम्प्रेषण गर्दै आएको सञ्चालक समितिका अध्यक्ष मनोज कार्कीले बताए । यसवर्षबाटसुरु गरेको पत्रकार सम्मान कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिँदै आगामी वर्ष एक जना पत्रकार पुरस्कृत पनि गर्ने कार्कीले बताए ।
‘खोज पत्रकारिताको नयाँ अभ्यास’ भन्ने नारा बोकेको छड्के न्यूज डटकमले स्थापनाको छोटो अवधीमा धेरै पाठक माझ लोकप्रिय बन्दै गएको उल्लेख गरे । ग्रामीण वस्तीमा आवाज बिहिन नागरिकहरुको आवाजसँगै विकास निर्माणमा खबदारी यस मिडियाले गर्दै आएको कार्कीले बताए ।
कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार हुमाकान्त पोखरेलले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता